

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने गरि आज १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् । माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप रावलले विश्वासको मत लिन लागेका हुन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
