Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो।

 

प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना मार्फत जानकारी गराएको छ।

sudur last

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम दिन हो। प्रदेश सभाको आज (बिहीबार) बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी छ। तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका सन्दर्भमा स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको छ।

 

Siddi ganesh

यसअघि बुधबार बस्ने तय भएको बैठक नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउनकै लागि भनेर बिहीबार सम्मलाई स्थगित भएको थियो। तर, दिउँसोसम्म पनि सहमति नभएपछि बैठक अपराह्न ४ बजेका लागि सारिएको हो।

 

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ९एकीकृत समाजवादी०का ४ र १ स्वतन्त्र सदस्य छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.