Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका मुख्यमन्त्रीको शपथ आज

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्। प्रदेश प्रमुख देवराज जोशीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि धारा १६८ (३)अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

 

उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।शाहले एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ। प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको आज हुने शपथ कार्यक्रमका लागि सबै तयारी पूरा गरेको जनाएको छ।

Siddi ganesh

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७ जना सांसद छन्। नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.