Attariya Hospital Pvt.Ltd.

नवनियूक्त मन्त्री देउवा र शाहीले लिए शपथ

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन्। आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन्।

(एकीकृत समाजवादी)बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन्। उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो। शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका शाही र कांग्रेसका देउवालाई मन्त्रीको शपथ गराएका हुन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.