

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विषेश अदालतबाट सफाई पाएका छन्। अध्यक्ष उपाध्यायले बिहीवार विशेष अदालत काठमाडौंबाट सफाई पाएका हुन्।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई राजश्व हिनामिना गरि सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो।
उपाध्यायसँगै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतमाथि राजश्व हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चालाइएको थियो। तर विशेष अदालतबाट सबैले सफाई पाएको उपाध्यायले बताए।

