

काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी सभापति वीरबहादुर बलायरलाई दिएको छ।
कैलाली सदरमुकाम धनगढीमा आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले नवनियुक्त मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रदेश सभापति बलायरलाई दिने निर्णय गरेको हो।
कांग्रेसको प्रदेश संसदीय दलका नेता शाह गत बिहीबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसेपछि ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
