Attariya Hospital Pvt.Ltd.

प्रधानमन्त्री प्रचण्ड भोली कैलाली र कञ्चनपुरको भ्रमणमा आउँदै

padma
milan sunchadi

कञ्चनपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि (सोमबार) कैलाली र कञ्चनपुरको भ्रमणमा आउँदै छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिम आउन लागेका हुन्।

सोमबार सुदूरपश्चिमको कञ्चनपुर र कैलालीका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको बताईएको छ । भोलि बिहान हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल कैलाली पुग्नेछन्। कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम छ।

दाहालले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता पनि जनाएका छन्। अरबौँका संरचना निर्माण भएर पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन। त्यसपछि प्रधानमन्त्री दाहाल कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थान निरीक्षण गर्ने कार्यक्रम छ।

Siddi ganesh

त्यसपछि बिहान ११ः३० मा महेन्द्रनगरको खुलामञ्चमा हुने १४ औं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन् । नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने छन्।

एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर दाहाल भोलि नै काठमाडौं फर्किने कार्यतालिका रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.