Attariya Hospital Pvt.Ltd.

टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन

padma
milan sunchadi

टीकापुर – कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरिएको छ। सो क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन्।

 

उनीहरूले पहिलो दिन २५ किलोग्राम मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० किलोका १५ ड्रम र सिन्की ५० किलोका ६ ड्रम उत्पादनको तयारीमा छन्। तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाइएको छ। मस्यौरा बनाउन मेसिनको प्रयोग हुन्छ।

sudur last

पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन्। यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा समेत पठाउन सकिने समुहमा आवद्ध महिलाहरुले बताएका छन्।

Siddi ganesh

मस्यौरा तयार गर्ने मेसिनमा १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ। १७ जना महिलाले एक÷एक लाख लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका हुन्। महिलाले उद्योग सञ्चालन गरेपछि सो क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाउने भएको छ।

मुलाको मूल्य बजारमा व्यापारीबाट किसानले १०, काउली १०, पिडालुको मूल्य ३० र कुपिण्डोको मूल्य ३० मा किसानले बिक्री गर्ने गरेका थिए भने अहिले मुला १५, काउली १५, पिडालु ४० र कुपिण्डोको मुल्य ४० पाउन थालेका छन्। मालिका महिला उद्यमी कम्पनीका अध्यक्ष कल्पना जैसीले महिलालाई रोजगारसँग जोड्न उद्योग खोल्ने सल्लाह गरेर उद्योग स्थापना भएको बताए। महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने बताएको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.