

काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
खाना पकाउने ग्यास जलन भई घाइते भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्शअनुसार थप उपचारका लागि श्रीएयर लाइन्सको विमानबाट भारत पठाइएको हो।
सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको हो।

सोही घटनामा परी गम्भीर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो। सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन्।
