अत्तरिया – नेकपा एमालेले भोलीदेखी ’ग्रासरुट’ अभियान सुरु गर्ने भएको छ । पार्टीका सुदूरपश्चिम इन्चार्ज एवम् केन्द्रीय सचिव लेखराज भट्टले भोलि देखि पार्टीले मिसन ’ग्रासरुट’ अभियान चलाउने बताए । पार्टीले शुद्धीकरण र सुदृढीकरण अभियान थाल्दै छ, त्यो भोलि पार्टी अध्यक्षले भर्चुल माध्यमबाट उदघाटन गर्नुहुनेछ भट्टले भने त्यसको लागि पार्टीका उपाध्यक्ष बिष्णु पौडेल भोलि धनगढी आउँदै छन् ।
अभियान को उदेश्य भनेको पार्टीलाई तलै सम्म लैजाने रहेको छ । त्यसको लागि पार्टीका केन्द्रिय सदस्यहरुलाई अन्तरजिल्ला, अन्तरपालिका खटाउँदै छौं । ’उक्त अभियानले तलै देखि पार्टीको वास्तविक रिपोर्ट प्रदेश कमिटीमा आउने र स्थानीय तह, प्रदेश र केन्द्रको निर्बाचनमा भएको अन्तर्घात को बारेमा समीक्षा गरेर प्रदेशले विष्लेषण सहित केन्द्रमा पठाउने भट्टले बताए ।
यसक्रममा दुई वर्षदेखी छुटेको पार्टीको सदस्यता नवीकरण पनी गरीने उनले बताए । पार्टीका सदस्यहरु जुन हिसाबमा क्रियाशिल हुनुपथ्यो त्यो नदेखीएकोले भौतिक रुपमा उपस्थीत गराएर मात्रै नवीकरण गरीने उनले बताए ।