Attariya Hospital Pvt.Ltd.

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा भएको निर्णय लागु हुन्छ:लेखराज भट्ट

padma
milan sunchadi

अत्तरिया – नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा भएको निर्णय लागु हुने बताएका छन् । ’ग्रासरुट’ अभियानको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सममेलनमा बोल्दै नेता भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्मिको आवश्यकता भएकाले मन्त्रीपरिषद्ले गरेको निर्णय लागु हुने बताएका हुन् ।

 

माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । बैठकले प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.