Attariya Hospital Pvt.Ltd.

घोडाघोडीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

padma
milan sunchadi

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कैलालीले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

 

विभिन्न माग राख्दै माग पुरा नभएसम्मका लागि तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले जानकारी दिए ।युवा संघले विभिन्न ११ वटा माग राख्दै प्रमुख प्रशाकीय अधिकृतलाई मागपत्र समेत बुझाएको छ ।

 

सवारी साधन मनोमानी ढंगले दुरुपयोग गरेको, नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको, कार्यालय प्रमुख आफ्नो हैसियतमा नबसेर नगरवासीलाई च्यालेन्जिङ शब्द प्रयोग गरी नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको लगायत आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.