Attariya Hospital Pvt.Ltd.

मन्त्री भण्डारीद्वारा दैजी-छेला औद्योगिक क्षेत्रको निरीक्षण

padma
milan sunchadi

महेन्द्रनगर – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् । वेदकोट नगरपालिकाको छेलामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा शिलान्यास गरिएको दैजी–छेला औद्योगिक क्षेत्रको उनले निरीक्षण गरेका हुन् ।

ओद्योगिक क्षेत्रको निरीक्षण पश्चात् वेदकोट नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिमलगायत देशका जनताले काम गर्न बिदेसिनुपर्ने दिनको छिट्टै अन्त्य गरिने बताए ।

‘औद्योगिक क्षेत्रको कार्यालय फागुन ८ गते स्थापना गरी काम अगाडि बढाउँदै छौ, छेला औद्योगिक क्षेत्र विस्तारका लागि ५ अर्ब रकम अर्थ मन्त्रालयसँग मागेर काम अगाडि बढाउँदै छौं’ उनले भने ।

Siddi ganesh

अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको काम अगाडि बढेको उनले बताए । कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र घोषणा गरी काम अगाडि बढाइएको उनले बताए ।

satyawati

दैजी–छेला क्षेत्रमा मात्र १ सयभन्दा माथि सङ्ख्यामा उद्योगहरू स्थापना हुनेहुँदा त्यसमा धरै रोजगारीको सिर्जना हुने मन्त्री भण्डारीले बताए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.