Attariya Hospital Pvt.Ltd.

मदन–आश्रित दिवसको अवसरमा अत्तरियामा वृक्षारोपण

padma
milan sunchadi

अत्तरिया – मदन–आश्रित दिवसको अवसरमा कैलालीको अत्तरियामा वृक्षारोपण गरीएको छ । नेकपा एमाले गोदावरी नगर कमिटि वडा नम्बर १ को आयोजनामा अत्तरिया स्थीत दक्षीण वनखेतको जंगलमा वृक्षारोपण गरीएको हो । ३० औँ स्मृति दिवशको अवसरमा समी,रुद्राक्ष,कापडा लगायतका ३० ओटा बिरुवा रोपीएको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा आज देशभर नेकपा एमाले तथा एकिकृत समाजवादीले विभीन्न कार्यक्रम गरी मनाएको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निध भएको हो। जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लागेको छैन ।

Nawadurga
Loading...