Attariya Hospital Pvt.Ltd.

८२ किलो गाँजासहित २ जना पक्राउ

padma
milan sunchadi

महाेत्तरी – महोत्तरी प्रहरीले बुधवार गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र त्यही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

गाँजासहित पक्राउ परेका चालक र सहायक चालक तथा नियन्त्रणमा लिइएकाे ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Loading...