अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा ‘लम्पी स्किन’बाट १४ ओटा पशु मरेका छन् । नगरपालीकाका पशु सेवा शाखा प्रमुख टेक बहादुर साहुले दिएको जानकारी अनुसार तीन महिनाको अवधीमा नगरका वडा नम्बर ४ र १२ मा १४ पशुको मरेका हुन्। उनका अनुसार थप ३७५ पशुमा लम्पी स्किनको संक्रमण देखीएको छ । तीन महिनाअघि वडा नम्बर १२ स्थीत नायलमा देखीएको यो रोग विस्तारै वडा नम्बर ४ हुँदै सबै वडामा फैलीन थालेको छ ।
यो रोग गाई र भैसीमा बढी देखीन्छ । नेपालमा दुई वर्षअघि देखिएको यो रोग ‘लम्पी स्किन’ भाइरसका कारण लामखुट्टे, झिँगा र किर्नाजस्ता किराहरुको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने गर्दछ । रोग लागेपछि गाईवस्तुलाई उच्च ज्वरो आउने,दाना पानी कम खाने,गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिँज धेरै निकाल्ने जस्ता लक्षण देखापर्ने गर्दछन् ।
पशु सेवा शाखाका प्रमुख साहुले आफूहरू प्रभावित स्थानमा पुगेर रोग नियन्त्रणमा सहयोग पु¥याउन किसानलाई आवश्यक परामर्श दिने,जनचेतना फैलाउने लगायतका काम गरिरहेको बताए । यसै संग सम्बन्धीत विभीन्न शिविरहरु गरीरहेको उनले बताए ।