अत्तरिया – कैलालीको अत्तरियाका समावसेवी चिन्तामणी घिमिरेको निधन भएको छ । घिमिरेको गएराती ७० वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखी नशा सम्बन्धी रोगबाट ग्रसीत थिए भने ६ महिनाअघि टाउकोको शल्यक्रिया गरीएको थियो । नेकपा एमालेका पुराना नेता समेत मानीने उनी अत्तरियामै रहेको प्रतिभा सामुदायिक पुस्तकालयका सँस्थापक पनी हुन् ।
घिमिरेकी पत्नी सावित्रा घिमिरेपनी एमालेमा सक्रिय नेतृ हुन् । विभीन्न सामाजिक सँस्थामा आवद्ध रहेका घिमिरेको आफ्नै निवासमा निधन भएको हो ।