Attariya Hospital Pvt.Ltd.

दार्चुलामा थ्रेसरको पट्टामा बेरिएर बालकको मृत्यु

padma
milan sunchadi

दार्चुला – दार्चुलामा गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर एक बालकको मृत्यु भएको छ ।

 

शुक्रबार दिउँसो नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीस्थित मल्लामट्टे बस्ने कक्षा ५ मा अद्ययनरत १३ वर्षीय बालक विनोद सिंह धामी गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएका थिए ।

 

घरभन्दा ५ सय मिटर टाढा गहुँ चुटिरहेको अवस्थामा थ्रेसरको पट्टामा धामीले लगाएको ज्याकेट बेरीएर घाइते भएका उनको उपचारको क्रममा बेलुकी ८ बजेर २० मिनेटमा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Nawadurga
Loading...