Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा दोस्रो पटक मन्त्रीमण्डल विस्तार

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका छन् । २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । आज नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै दोस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

 

अहिले नेकपा माओवादी केन्द्रबाट उद्यो, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियूक्त गरेका छन् । मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रीमण्डल विस्तार भएपनी पूर्ण भने भएको छैन ।

 

नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ केहि बेरमा हुने जनाईएको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि सरकारमा गएको छैन् ।

Nawadurga
Loading...