Attariya Hospital Pvt.Ltd.

डाक्टर शाह मृत्यु प्रकरणमा मुछिएका भट्टराई प्रहरी नियन्त्रणमा

padma
milan sunchadi

धनगढी – धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा मुछिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो ।

डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेका थिएन् ।

भट्टराई साँझ साढे चार बजे प्रहरी नियन्त्रण आइसकेको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए । प्रहरी उपरीक्षक पालका अनुसार केसी र भट्टराई विरुद्ध किटानी जाहेरी आएकाले दुबै जनालाई हिरासतमा राखेर कानून अनुसार अनुसन्धान थालिने छ ।

Nawadurga
Loading...