गेटामा विश्वविद्यालय बन्नुपर्छ भन्न्नेमा एमाले स्पष्ट छ: लेखराज भट्ट

Image

अत्तरिया – नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीको गेटामा विश्वविद्यालय बन्नुपर्छ भन्नेमा एमाले स्पष्ट रहेको बताएका छन् ।

सोमबार प्रेस चौतारीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले गेटामा विश्वविद्यालय बन्नुपर्छ भन्नेमा एमालेको स्पष्ट धारणा रहेको र सरकारले चाल्ने कदमको पखाईमा रहेको बताएका हुन् । पिछडिएको क्षेत्रलाई विकास गरौँ भन्ने चिन्तन सिहंदरवारसंग नभएको भन्दै उनले विश्वविद्यालय बन्न नदिनेमा मेडिकल माफियाहरुले पनी चलखेल गरेको बताए ।

डडेल्धुरामा पनी मेडिकल कलेज बन्ने भनेपनी लक्षण नदेखीएको उनले बताए । सरकारमा भएकाहरुले नै ईच्छा नदेखाँउदा प्रतिष्ठान र विश्वविद्यालयमा आएर समस्या भएको उनको भनाई थियो । सुप को विकासमा नेपाली कांग्रेसलाई कुनै चिन्ता चासो नभएको बताँउदै उनले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसदले संसद मै गएर विश्वविद्यालय आवश्यक छैन भनेर बोलेको बताए ।

विश्वविद्यालयलाई यो पार्टी त्यो पार्टी नभनीकन अगाडि बढाउनुपर्ने बताँउदै भट्टले एमालेले सरकारमा रहेका व्यत्तिहरुसंग निरन्तर छलफल गरीरहेको र नमोनमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए । पत्रकार सम्मेलनपछी सचिव भट्ट सहितको टोलीले विश्वविद्यालयको निरीक्षण पनी गरेका छन् ।