कञ्चनपुर – कञ्चनपुरमा टिप्पर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान पुनर्वास नगरपालिका-५ सिमरीमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा स्थानीय ५५ वर्षिय मोतिलाल रानाको मृत्यु भएको हो।
धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१क २२०० नम्बरको टिप्परसँग सिमरी गाउँभित्रबाट विपरित दिशाबाट हुलाकी सडकमा आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।
अहिले मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। टिप्पर र चालक ईलाका प्रहरी त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।