अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाभित्रका स्वास्थ्यकर्मीले आज सबैक्षेत्रका व्यत्तिसंग अन्र्तक्रिया गर्ने भएका छन् ।
गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तर्दथ समितिमा आवद्ध भएका उनीहरुले सबैक्षेत्रका व्यत्तिसंग आज दिँउसो १ बजे अत्तरिया स्थीत पंतन्जली योग समितिको हलमा अन्र्तक्रिया गर्ने जनाएका छन् । गोदावरी नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीमाथी आइपरेको समस्याहरुको समाधानकालागी सबै क्षेत्रका व्यत्तिहरुसंग अन्र्तक्रिया गरिने समितिका संयोजक हर्क बहादुर खड्काले बताए ।

नगरपालिकाले आगामी साउनदेखी दरबन्दी बाहेकका कर्मचारीलाई तलब दिन नसकिने बताएपछी उनिहरु समस्यामा परेका हुन्। गोदावरी नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै दरबन्दी बाहेकका ४२ जना स्वास्थ्य कर्मचारीहरुलाई तलब खुवाउन नसकिने जनाएको छ ।विगतमा नगरपालीकाकै स्रोतबाट तलब भत्ता खाँदै आएका उनीहरु २०७६ सालदेखि नगरपालिका सहित विभीन्न वडामा कार्यरत छन् ।
नगरपालिकाले चौथो,पाँचौ र छैटौं तहमा कार्यरत कर्मचारीहरुलाई अब तलब खुवाउन नसकिने जनाएको छ । मुलुक संघीयतामा गएपछी पछि कर्मचारी समायोजन हुँदा उनिहरु यहाँ आएका थिए । गोदावरी नगरपालिकाले सहमति दिएको आधारमा स्वास्थ मन्त्रालयले उनिहरुलाई यहाँको पालिकामा पठाएको थियो ।
उनिहरुले अहिलेसम्म नगरपालिकाकै स्रोतबाट तलब खाने गरेका छन् । गोदावरीमा स्वास्थमा ५२ जनाको दरबन्दी रहेको छ । संघबाट आउने गरेको तलब भत्ता दरबन्दी अनुसार नै आउने गरेको छ ।