
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा गौरापर्व विशेष मेलाको उद्घाटन गरीएको छ । सोमबार एक औपचारिक कार्यक्रमकाबिच स्याउलेकी जेष्ठ नागरिक पार्वती खड्काले मेलाको उद्घाटन गरेकी हुन् ।
स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखी १५ गतेसम्म मेला लाग्ने भएको हो । धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला सुरु भएको हो ।

स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा,गोपाल देउवा,मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाकोलागी सहकार्य गरेका हुन् । मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहेको छ ।
मेलामा फरक फरक दिन दार्चुलाकी गंगा खत्री,बझाङका बाल्केश थापा,कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागीता रहेको छ ।