Attariya Hospital Pvt.Ltd.

स्वस्तिकमा बिरामी मृत्यु प्रकरण : अस्पताल र मृतकका आफन्तबिच तीन बुँदे सहमति

padma
milan sunchadi

धनगढी – धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरणमा अस्पताल र मृतकका आफन्तबिच तीनबुँदे सहमति भएको छ ।

plastik

उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो । मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, २ छोरीहरूको विवाह खर्च ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ ।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

Siddi ganesh

यसअघि चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका थिए । मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका थिए ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.