Attariya Hospital Pvt.Ltd.

गौ हत्या र धर्म परिवर्तन तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

padma
milan sunchadi

अत्तरिया – गौ हत्या र धर्म परिवर्तन तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ ।

विश्व हिन्दु महासंघ कैलालीले गौ हत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप तत्काल रोक्न माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा हिन्दु धर्मले मात्रै विशवमा शान्ति,सद्भाव कायम गर्न सक्ने विश्व हिन्दु महासंघका कैलाली अध्यक्ष यज्ञराज भाटद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा  उल्लेख गरीएको छ ।

Siddi ganesh

पछील्लो समय धरानमा स्थानीयलाई मन्दिर नजीकै छलकपट गरी चर्च बनाएको र गौ हत्या गरी मासु भागबन्डा गरी खाएको घटनाले सरोकारवालाई स्तब्ध बनाएको र दोषीलाई कारबाहि गर्नुपर्ने उल्लेख गरीएको छ ।

अन्यथा मुलुक द्धन्द्धको बाटोमा जानसक्ने भन्दै यस्ता क्रियाकलाप रोक्न आग्रह गरीएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.