Attariya Hospital Pvt.Ltd.

वडा कार्यालयको भवन निर्माणमा संलग्न ६ जना मदजुर पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका -४ को वडा कार्यालय भवन निर्माणमा संलग्न ६ जना मदजुर पक्राउ परेका छन ।

वन अतिक्रमण गरेर बसन्तपुर महिला सामुदायिक वन भित्र भवन बनाउँदै गरेका ६ जना मजदुरलाई सव डिभिजन वन कार्यालय अत्तरियाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भवन निर्माणको काम गर्दै आएका मदजुर गोदावरी नगरपालिका–६ का ४८ वर्षीय कज्जु चौधरी, ५६ वर्षीय रामकुमार चौधरी, धनगढी उपमहानगरपालिका–१३ का गौरव चौधरी, २३ वर्षीय दिपक चौधरी, ४८ वर्षीय विशाल चौधरी र ३५ वर्षीय बुझाइने चौधरी रहेका छन ।

Siddi ganesh

वन भित्र भवन बनाउन रोक लगाइएको भएपनि बलमिच्याइ गरेर काम सुरु गरेको पाइएपछि ६ जनालाई पक्राउ गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले जानकारी दिएका छन ।

वडा कार्यालयले हाल सर्वपक्षिय सर्वदलिय भेलाबाट निर्णय गरेर पुर्वपश्चिम राजमार्ग छेउमै पर्ने सामुदायिक वन भित्रको क्षेत्रमा वडा कार्यालय निर्माण गरिरहेको छ ।

वन भित्र भवन बनाउन भोकाधिकार लिन आवश्यक हुने भएपनि वडाले स्थानीय स्तरमै सहमती गरेर काम गर्न थालेपछि उक्त कार्य नियम विपरित भएको भन्दै वन कार्यालले भदौ ८ गते काम रोक्न भनेको थियो । त्यसपछि केही दिन काम रोकिएको भएपनि पुनः बुधबार काम सुरु गरिएको पाइएपछि वन कार्यालयले काम गरिरहेका मजदुरहरुलाई पक्राउ गरेको हो ।

उक्त स्थानमा भवन निर्माणका लागि नगरपालिकाले पिके कन्सट्रक्सन संग ८७ लाख ४४ हजार ३ सय ६७ मा ठेक्का सम्झौता गरेको छ । २०८० जेठ ३१ गते भएको सम्झैता अनुसार भवन निर्माणको काम २०८० चैत १५ गतेभित्र सक्नुपर्ने छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.