

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
सँस्थाले नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको प्राविधक सहयोगमा आज बिहान ९ बजेदेखी सँस्थाकै प्रांगणमा शिविरको आयोजना गरेको थियो ।
शिविरमा ६८३ जना आँखाका रोगीहरुले सेवा लिएका छन् । सेवा लिएका मध्य ११२ जनालाई आँखाको अप्रेसनकालागी गेटा आँखा अस्पताल पठाइएको सँस्थाका व्यवस्थापक लक्ष्मण बोगटीले बताए ।

शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुको गेटा आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरीने उनले बताए । अप्रेसनकालागी पठाइएका व्यत्तिहरुले आजको मितिले एक हप्ताभित्रै गेटा आँखा अस्पतालमा सम्पर्क गर्नुपर्नेछ ।
शिविरमा बिरामीको आवश्यकता बमोजिम नि:शुल्क चस्मा तथा औषधी पनी वितरण गरीएको थियो ।
