Attariya Hospital Pvt.Ltd.

सरकारले गरेको मुल्यवृद्धी विरुद्ध अत्तरियामा मसाल जुलुस

padma
milan sunchadi

अत्तरिया – सरकारले गरेको मुल्यवृद्धी विरुद्ध कैलालीको अत्तरियामा गोदावरी नगरकमिटीको आयोजनामा मसाल जुलुस निकालिएको छ । नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै शनिवार साँझ मसाल जुलुस निकालेको हो।

जुलुसले बजार परिक्रमा गरेको थियो। जुलुसमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। जुलुसपछि अत्तरिया चोकमा कोण सभाको आयोजना गरिएको थियो।

स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीवार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

Nawadurga
Leave A Reply

Your email address will not be published.