Attariya Hospital Pvt.Ltd.

छाडा चौपाया व्यवस्थापनमा चुनौति,अस्थाई टहरा निर्माण गर्दै सुर्योदय सामुदायिक वन

padma
milan sunchadi

अत्तरिया – कैलालीमा छाडा पशु चौपायाको व्यवस्थापन चुनौतिपुर्ण बनेको छ । छाडा पशु चौपायाले रातीको समयमा खेतीबारी नष्ट गरी स्थानीयलाई हैरानी दिन थालेपछी व्यवस्थापनकालागी सुर्योदय सामुदायिक वन अस्थाई टहरा निर्माणमा जुटेको छ । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको उत्त वनले स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिर नजीकै गौशाला निर्माण गर्न थालेको हो ।

तत्कालकालागी समाधानको अरु कुनै उपाय नभएपछी वनको करिब ७ लाख लगानीमा अस्थाई टहरा निर्माण सुरु गरीएको वनकी अध्यक्ष जगतरा देवी सिहंले बताईन् । टहरा निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताईन् । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै किसानको अन्नबाली खाइदिँदा उत्पादन घट्दै गएको छ ।

गत वैशाखमा ८ कठ्ठा खेतको गहुँ छाडा चौपायाले खाईदिँदा खानकालागी गहुँ किन्नुपर्ने अवस्था आएको गोदावरी ८ मजगाँउकी राजेश्वरी पान्डेयले बताईन् । “गहुँ उम्रेदेखी रातभरी नसुती छाडा चौपायाकैलागी ड्युटी गरेउँ पाक्ने बेलामा दिनहुँ जसो बिहानको समयमा आएर सबै नोक्सान गरे उनले भनीन् ।”अहिले धानबाली जोगाउन पनी मुस्किल भएको उनको भनाई छ । छाडा चौपायाकै कारण यहाँका सडक अस्तव्यस्त बनेका छन् । दिनभर जंगलतिर चर्न जाने चौपायाहरु रातीको समयमा सडक र खेत बारीतिर आउने गरेका छन् ।

Siddi ganesh

जस्का कारण सडक दुर्घटना समेत हुने गरेका छन् । खेतबारी नष्ट गर्ने गरेको गुनासोपछी वनले अस्थाई टहरा निर्माणको काम सुरु गरेको वनकी अध्यक्ष सिंहले बताईन् । अस्थाई टहरा निर्माण स्थलमा यसभन्दा अघि पनी स्थानीयले गाईगोरु राख्दै आएका थिए । यसभन्दा अगाडि खुल्ला स्थानमा तारवार गरी चौपाया राखीएका कारण अव्यवस्थीत थियो ।

त्यसैलाई व्यवस्थीत गर्नकालागी करिब ७० जती चौपाया अटाउने टहरा निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताईन् । उपभोत्ताको माग बमोजिम उत्त प्रक्रिया सुरु गरीएको उनको भनाई छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.