अत्तरिया – कैलालीको अत्तरिया बजार नजिकै गोदावरी नगरपालीकाको पुरानो भवन अगाडि रहेको विधुतको पोलमा आइतबार बेलुकी आगलागी भयो । नेपाल विधुत प्राधिकरण नो लाइट अत्तरियाका ईन्चार्ज सुनिल खड्काका अनुसार उत्त पोलमा विधुत सर्ट हुँदा आगलागी भएको थियो । आगलागीपछी बनाईएको उत्त पोल नजीकै अर्को पोलमा हिजो ( सोमबार ) बिहान आगलागी भयो यसबाट पनी समयमै आगो निभाईएका कारण ठुलो क्षति हुनबाट भने जोगीयो ।
बिहान बेलुकी मानीसहरु आवतजावत गरीरहेकै समय भएको र पोल नजीक कुनै पसल वा घर नभएका कारण आगलागीबाट कुनै ठुलो क्षति भएन । केहि समयमै नगरपालीकाको दमकलले आगो नियन्त्रणमा लियो । अव्यवस्थित तारका कारण समयसमयमा आगलागीका घटना हुने गरेका छन् । अत्तरिया बजार क्षेत्रमा अव्यवस्थित रुपमा टाँगीएका तारका कारण दुर्घटनाको जोखिम बढेको छ । बजार क्षेत्रका बिजुलीका प्रत्येक पोलमा बिजुली,टेलिफोन,ईन्टरनेट,डिसहोमका तारको चाङ देख्न सकिन्छ । यी एकै ठाँउमा गुजुल्टीएका तारले एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर सहरको सुन्दरता कुरुप बन्दै गएको छ ।
एकै ठाँउमा गुजुल्टीएका तारका कारण कुनैपनी बेला दुर्घटना निम्तीने खतरा रहेको अत्तरियाका व्यवशायी लिलाराम सापकोटाले बताए । “एकै ठाँउमा गुजल्टीएका तारलाई समयमै व्यवस्थापन नगरेमा कुनैपनी बेला ठुलो क्षति हुनसक्छ उनले भने अहिलेसम्म सम्बन्धीत निकायले यस्मा चासो राखेको पाँईदैन ।” तार बढी भएकै कारण एकठाँउमा तार सर्ट भए समयमै पत्ता लगाउन समेत मुस्किल हुने गरेको उनको भनाई छ । सम्बन्धीत निकायले व्यवस्थापनमा ध्यान नपुर्याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने अवस्था रहेको अत्तरियाका अर्का व्यवशायी यज्ञराज जोशीले बताए ।
कहिलेकाँहि टेलिफोनको तार बिग्रीदा प्राविधीकलाई खोज्न समेत निकै समय लाग्ने गरेको उनले बताए । विधुत प्राधिकरणका कर्मचारीलाई सेवाग्राहिको तार कुन हो भनेर छुट्टयाउन पनी मुस्किल हुने गरेको छ । केहि समय पहिलेसम्म बिजुलीको तार मात्रै हुन्थ्यो,कुनैकुनै ठाँउमा टेलिफोनको तार हुन्थ्यो तर पछील्लो समय बजार क्षेत्रका प्राय सबै पसल,अफिसहरुमा ईन्टरनेट जोड्ने गरीन्छ सोहि कारण पनी तारको संख्या बढ्दै गएको बताईन्छ ।
नेपाल विधुत प्राधिकरण धनगढीका प्रमुख सुर्यनारायण मण्डलले बिजुलीका तार बाहेकका बाहिरी तारका कारण पोलमा जोखिम बढेको बताए । नेपाल टेलीकमले पनी पहिलेपहिले छुट्टै पोल राखेको भएपनी अहिले त्यो सिस्टम नभएको उनले बताए । “बिजुलीको पोलमा अन्य सेवा प्रदायक कम्पनीले जथाभावि तार राख्दा जोखिम बढेको हो,पछील्लो समय सेवा प्रदायक कम्पनीहरु बढेका कारण पनी तारहरु यत्रतत्र भएका छन्, मण्डलले भने यो समस्या समाधानकालागी सबै क्षेत्रको समन्वय आवश्यक छ । ”