Attariya Hospital Pvt.Ltd.

कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला

padma
milan sunchadi

कैलाली – कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला परेको छ । बुधवार प्रहरीले १४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका-२ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ११ लाख ४ हजार मूल्यका मोटर पाट्सहरु र कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, धनगढी-४ ओमशान्ति टोलबाट अन्दाजी ९१ हजार मूल्यका कपडा, भजनी नगरपालिका-५ कुटीबाट २ लाख ७१ हजार मूल्यका कपडा र से.प.२७५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेबका हुन् ।

Siddi ganesh

बेवारिसे अवस्थामा फेला परेका ती सामान बरामद गरी भन्सार कार्यालय त्रिनगर र सत्तीमा बुझाएको  प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.