

अत्तरिया – कैलालीको गोदावरीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल,गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
रावललाई ६० मिलिग्राम लागुऔषधसहित र चौधरीद्धयलाई नरेश चौधरीको घरबाट दुई सय मिलिग्राम लागुऔषधसहित बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरु तीनै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
