अत्तरिया – कैलालीको अत्तरियामा नापतौलका यन्त्रहरुको नयाँ अनुमती पत्र तथा जाँच नविकरण गर्न आयोजित शिविर सम्पन्न भएको छ । शिविरमा २ सय जनाले सेवा लिएका छन ।
अत्तरिया उद्योग वाणिज्य संघ संगको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय कैलालीले शिविर संचालन गरेकाे थियो ।
सोमबार देखि सुरु भएको शिविर बुधबार सम्म संचालन गरिएको थियो । यस्तै आँउदो आईतबार गोदावरी नगरपालीका ८ स्थीत स्याउले बजारमा उत्त शिविरको आयोजना गरीने अत्तरिया उधोग वाणिज्य संघले जनाएको छ ।