Attariya Hospital Pvt.Ltd.

यस्तो रहनेछ आजको मौसम

padma
milan sunchadi

काठमाडौं – सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Siddi ganesh

लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । वर्षाका कारण त्यस क्षेत्रबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हसनसक्ने विभागले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.