Attariya Hospital Pvt.Ltd.

अत्तरियामा फस्टाउँदो पार्लर व्यवशाय

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियाकी दिपिका हमालले त्यस्तो व्यापार पनी के गर्नु भन्ने शब्द सुनेको धेरै भएको छैन । पार्लरमा पस्नेहरु पनी दाँयाबाँया हेरेर मात्रै पस्ने गर्थे । अत्तरियामा १५ वर्षदेखी ब्युटीपार्लर (सौन्दर्यकला ) व्यवशाय गर्दै आएकी हमाल छोटो समयमा समाजमा आएको परिवर्तन हेरेर दंग पर्छीन् । आज भन्दा केहि वर्ष अगाडीसम्म मात्रै ब्युटीपार्लरमा थ्रेडिंग( आँखाका कपाल मिलाउने कार्य ) मात्रै गरेर समय बिताउने गरेका ब्युटीसियनहरु हिजोआज थरीथरीका काममा व्यस्त हुन थालेका छन् । समाजले ब्युटीपार्लर व्यवशायलाई हेर्ने नजर भिन्न थियो ।

दिपिका आफुलाई भने सानैदेखी यहि पेशा प्रति नै रुचि भएकाले कहिले त्यस्तो लागेन । जस्ले जे भनोस आफ्नो रुचि भएकै काम गर्न जाँगर र आँट आँउदो रहेछ, उनले भनीन । तर अहिले त्यो समय फेरीएको छ । समाजले ब्युटीपार्लर व्यवशायलाई हेर्ने दृष्टीकोण परिवर्तन भएको छ । न्यु लुक्स पार्लरकी सञ्चालीका हमालले भनीन “आम्दानीपनी पहिलेभन्दा निकै बढेको छ, पार्लर व्यवशायकै कारण अहिले थुप्रै महिला स्वरोजगार बनेका छन्,भविष्य पनी उज्वल छ ।” धेरै लगानी नहुने,आम्दानी राम्रो हुने भएकोले अहिले अत्तरिया क्षेत्रमा पार्लर व्यवशाय फस्टाँउदै गएको उनले बताईन् । ब्युटी पार्लर व्यवसाय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले तालीम लिएर दक्षता हासिल गरेर प्रवेश गर्नु उचित हुने हमाल बताउँछिन् ।

सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाकी अध्यक्ष समेत रहेकी उनले तीनजनालाई रोजगारी पनी दिलाएकी छन् । सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन ब्युटिपार्लरहरूको छाता संगठन हो । यसले कैलालीका सम्पूर्ण पार्लर व्यवसायीलाई एकजुट बनाएको छ । ब्युटीसियनहरुको संख्या बढ्दै गएपछी अत्तरियामै यस्को शाखा खोलीएको हो । यस्मा गोदावरी नगरपालीकाभित्रका ४६ जना सदस्य छन् । अत्तरियामै रहेको भिएलसिसि ब्युटीपार्लरकी सञ्चालीका तुलसी बोहराले ब्युटीपार्लर व्यवशायमा छिरेको १२ वर्ष भयो । यो बिचमा उनले धेरै कुरा प्राप्त गरेकी छन् । पहिलो त उनी आफै स्वरोजगार बनेकी छन् । अनी एक जनालाई रोजगारी दिलाएकी छन् ।

Siddi ganesh

बोहराले कतै पाउने मान सम्मान लगायतको सबैकुरा यहि पेशाको उपज हो । आफ्नो बिहान ६ बजेदेखी बेलुकी ८ बजेसम्मको खटाईका कारण उनले श्रीमानलाई आफ्नोलागी खर्च माग्नु परेको छैन । १२ वर्ष अघि अत्तरियामा औँलामा गन्न मिल्ने मात्रै ब्युटीपार्लर र ब्युटीसियनहरु थिए तर अचेल गोदावरी नगरपालीकाभित्र ४५ ओटा ब्युटीपार्लरहरु छन् । सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरियाकी उपाध्यक्ष रहेकी बोहराले भनीन् बच्चा साना हुँदा पसलको एक साइडमा सुताएर,पिठ्युमा बोकेर पनी काम गरीयो,कहिले कसो त खाना खाने समय पनी मिल्दैन,बजारकै नास्तामा बस्नुपर्छ,प्राय उभीएर गर्नुपर्ने काम हुने हुँदा शरिरमा थकान साह्रै हुन्छ ।

ब्युटी पार्लर सम्बन्धी तालीम लिएर व्यवसाय शुरु गरेको बोहराको भनाइ छ । नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । आम्दानीको हिसाबले दिन वा महिनामा यति नै हुन्छ भन्ने नभएपनी आफ्नो र घरको खर्च पसलबाटै धान्ने गरेको उनको भनाई छ । कम लगानीमा सुरु गरेर राम्रो आम्दानी गर्न सकिने व्यवशायका रुपमा उनले पार्लरलाई हेरेकी छन् ।

अत्तरियाकै सानु बोगटीले साथीको सल्लाहबाट ब्युटी पार्लर सम्बन्धीको तालिम लिईन् । त्यसभन्दा अगाडी पार्लरमा खासै रुचि नभएपनी सिक्न थालेपछी उनले त्यसमै भविष्य देखीन् । शुरुमा आफैंलाई मात्र काम लाग्ला भनेर शुरु गरेको उनको व्यवसाय धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उनी ब्युटीपार्लरसम्बन्धी तालिम पनी दिन्छीन् । उनीबाटै तालिम लिएका युवतीहरुले पनी विभीन्न ठाँउमा पार्लर व्यवशाय गर्दै आएका छन् । पछील्लो समय यो व्यवशायमा आम्दानी पनी बढ्दै गएको बोगटीको अनुभव छ ।

अत्तरियामा रहेको मेरिगोल्ड पार्लरकी सञ्चालीका रहेकी उनले भनिन्– “शुरु–शुरुमा यस व्यवसायमा कमाइ हुँदैन थियो,मान्छेहरु पार्लरभित्र पस्नै हिच्किचाँउथे। अहिले त्यो समय फेरीएको छ । विस्तारै कमाइ बढ्न थालेको छ । अहिले यो व्यवसायबाट म सन्तुष्ट छु ।” पछील्लो समय प्रतिस्पर्धा भने निकै बढेको उनी बताँउछीन् । महिला स्वरोजगारको गतिलो माध्यम बनेको यस व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सीप र तालीम प्रदान गर्न सके स्वदेशमै महिलाले मनग्य आम्दानी गर्न सक्छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.