कंचनपुर – कंचनपुरमा तीन युवक पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका ५ की १५ वर्षीया किशोरीलाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ३ का १९ वर्षीय अरविन महता, १८ वर्षीय खेमसिंह साउँद र एक जना १७ वर्षीय किशोर रहेका छन्।
उनीहरुलाई पीडित किशोरीको आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी प्रकाश डांगीका अनुसार जाहेरीमा किशोरीमाथि दुई पटक सामूहिक बलात्कार भएको उल्लेख छ ।
उजुरीपछि पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको डीएसपी डांगीले बताए ।