अत्तरिया – कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उप-महानगरपालिका २ भन्सार रोड नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु.५०,५००।– बराबरको चिनी,भाईरल साडी,कुर्ती लगायतका सामानहरु र गोदावरी न.पा.३ चौकीडाँडाबाट अन्दाजी रु.१५,०००।– बराबरको प्लाष्टिक झिल्ली सोमवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उप-महानगरपालिका २ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका अन्दाजी रु. १,२९,०००।– बराबरको बिडी,साडी,कुर्ती,लेडिज सुट लगायतका सामानहरु मंगलबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।