अत्तरिया – कैलालीमा योग र ध्यानप्रति आकर्षण बढ्दै गएको छ । कैलालीको अत्तरियामा बह्मा कुमारी ईश्वरिय विश्वविद्यालय र पतन्जली योग समितिले दैनिक रुपमा योग तथा ध्यान कक्षा सञ्चालन गर्दै आएका छन् । बह्मा कुमारी ईश्वरिय विश्वविद्यालयमा दैनिक करिब ५० जनाले योग तथा ध्यान गर्दै आएका छन् भने र पतन्जली योग समितिको हलमा दैनिक ९८ जनाले योग गर्दै आएका छन् । कतिपय व्यत्तिहरुले युट्युब तथा अन्य माध्यम मार्फत घरमै बसेर पनी योग तथा ध्यान गर्ने गरेका छन् ।
योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द निदाउने र शारिरिक रुपमा स्फूर्ती ल्याउने भएकाले पछिल्लो समय योग, ध्यान र सानधाप्रतिको आकर्षण बढिरहेको बह्रमा कुमारी ईश्वरिय विश्वविद्यालय अत्तरियाकी सञ्चालीका ब्रह्मा कुमारी रविना बताँउछीन् । शारिरिक रोगबाट मुक्ती, शरिरको आत्मवल बढाउने, मानसिक रोग मुक्त, अनिद्रा, माङ्सापेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रीक लगायतको रोगबाट निदान पाउन सकिने उनको भनाई छ ।
नेपालमा योग तथा ध्यान केन्द्रहरु समेत खोल्ने कार्यले तिब्रता पाएको छ । अत्तरियामा रहेको पतन्जली योग समितिले अत्तरिया वरीपरीका विभिन्न ठाँउहरुमा योग कक्षाहरु गराँउदै आएको छ । समितिका अध्यक्ष दुर्गा प्रसाईले अत्तरियामा दैनिक ९८ जनाले योग गर्दै आएको बताए । उनले दैनिक योग गर्ने केहि व्यत्तिहरुले क्यान्सर,प्यालाईसिस,ब्लड क्यान्सरजस्ता प्राणघातक रोगहरु बाट छुट्करा समेत पाएको बताए ।
२०७२ सालमा अत्तरियामा स्थापना भएको पतन्जली योग समितिले विभीन्न समयमा योग आर्चायहरु बोलाएर योग शिविरहरु गर्दै आएको छ । स्थापनाकालमा दुई सय जना सदस्य मात्रै भएको पतन्जली योग समितिमा हाल करिब ७ सय सदस्य छन् । आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसहरुले अमुल्य जीवनलाई बर्वाद पारिरहेको सन्र्दभमा ध्यान र योगका माध्यमबाट आफूहरुलाई खुसी राख्न सकिने ध्यान तथा योग प्रेमहिरुले बताउदै आएका छन् ।
योगप्रेमी गणेश शाहले औषधी उपचारले निको नगरेको रोग योग तथा ध्यानले निको गर्ने समेत पाईएको बताए । उनले पछील्लो समय असिमित आवश्यकताका कारण मानीसमा बढ्दै गएको असन्तुष्टीलाई योग र ध्यानले नियन्त्रण गर्ने बताए । “पछील्लो समय असिमित आवश्यकताका कारण मानीसहरुमा असन्तुष्टी बढ्दै गएको छ,मानीसहरु डिप्रेसनमा पर्नेक्रम बढ्दै गएको छ त्यसैलाई नियन्त्रण गर्न ध्यानले सहयोग गर्छ भने विभिन्न नसर्ने रोगहरुको जोखीमलाई योगले नियन्त्रण गर्ने हुँदा योग र ध्यानप्रति आकर्षण बढ्दै गएको छ,” शाहले भने ।
प्रादेशिक आयुर्वेद चिकित्शकालय राजपुरका निमित्त मेडिकल सुपरिडेन्ट डाक्टर सुर्य उपाध्याय योग र ध्यान संगै आयुर्वेद उपचार विधीप्रति पनी मानीसको आकर्षण बढ्दै गएको बताँउछन् । ध्यान र योगले पछील्लो समय नेपालमा मात्रै नभई विश्वभरी नै ख्याती प्राप्त गर्दै गएको उनको भनाई छ । प्रादेशिक आयुर्वेद चिकित्शकालयमा दैनिक एक सयको हाराहरीमा बिरामीहरु आउने गरेको उपाध्यायले बताए ।
गत असोजदेखी सञ्चालनमा आएको उत्त चिकित्शकालयमा वाथरोग,पिनास,नशाच्यापीएको,हड्डी खिइएको,माईग्रेन,सुगर,रत्तचाप लगायतका बिरामी बढी आउने गरेको उनले बताए । ५० बेडको उत्त चिकित्शकालयमा विभीन्न उपकरणहरुबाट पनी उपचार हुने गरेको उनले बताए । चिकित्शकालयले प्रदेशका विभीन्न नगरपालीका,गाँउपालीका,वडाहरु तथा विद्यालयहरु संग पनी सहकार्य गरी योग परामर्स,ध्यान परामर्स दिँदै आएको छ ।