काठमाडौं – सरकारले भोली बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद् बैठकले उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको मन्त्रालयले अजा विज्ञप्ति जारी गरी जनाएको छ ।