बुवाकाे मुख हेर्ने दिनमा दाङमा छाेराले बुवाको हत्या गरे

Image

दाङ- बुवाकाे मुख हेर्ने दिनमा दाङमा छाेराले बुवाको हत्या गरेका छन् । जिल्लाको घाेराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षको छाेरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीकाे हत्या गरेको प्रहरीले जनाएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार मादक पदार्थ सेवन गरेकाे छाेराकाे निर्घात कुटपिटबाट घाइते भएका बुवाकाे उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न छाेराे सन्तोषलाई प्रहरिले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।