Attariya Hospital Pvt.Ltd.

महिलाको नेतृत्व विकासमा सामुदायिक वनको भुमीका महत्वपुर्ण

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ की तुलसी देवकोटा सुरुवाती दिनमा घरभन्दा बाहिर कसैसंग बोल्न डराँउथिन् । समय परिवर्तन हुँदै गयो,अहिले उनी सुदूरपश्चि प्रदेश सभा सदस्य रहेकी छिन् । राजनितिमा कैलालीकै अग्रीणी महिलाको रुपमा चिनिन्छन् । अहिले उनको दैनिकी विभिन्न सभा समारोहमा भाषण गरेरै बित्छ । सुरुवाती दिनमा दुइभन्दा बढी व्यत्तिका अगाडि बोल्न डराउने तुलसीको पृष्ठभुमी सामुदायिक वन हो । २०५७ सालमा गोदावरी नगरपालीका वडा नम्बर १ को प्रशंशा महिला सामुदायिक वनकी अध्यक्ष वनेकी उनले वनको नेतृत्वबाट धेरै कुरा सिकीन् ।

विभीन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने,विभीन्न ठाँउमा मन्तव्य दिने लगायतका काममा विस्तारै व्यस्त हुन थालीन् । गाँउठाँउमा हुने कुनै पनी कार्यक्रममा हरेक क्षेत्रका नेतृत्व गर्ने व्यत्तिहरुको खोजी हुन्थ्यो । त्यसमा तुलसी पनी पर्थीन । उनले लामो समय विश्वज्योति महिला विकास बहुउदेशयीय सहकारी सँस्था लिमिटेडको नेतृत्व गर्ने अवसर पनी पाईन् । विविध ठाँउमा सहभागीता जनाँउदा जनाँउदै उनी राजनितिमा प्रवेश गरीन् । “राजनितिमा आएका,विशेषगरी स्थानीय तहका निर्वाचनमा होमीएका महिला जनप्रतिनिधीहरु प्राय सबै सामुदायिक वन र सहकारीको नेतृत्वबाटै आएका हुन् भन्दा फरक नपर्ला उनले भनीन् ।”

यसअघि सुदूरपश्चिम प्रदेश सभामा भौतिक विकास पुर्वाधार राज्यमन्त्रीको भुमीका निभाईसकेकी चुनकुमारी चौधरी २०५२ सालदेखी उपभोत्ता कार्यसमिति सदस्य हुँदै अध्यक्षको भुमीकामा पुगीन् । बडेँहा चैतन्यपुर महिला सामुदायिक वनमा ६ वर्ष अध्यक्षको भुमीका निभाईन् । वनको नेतृत्व गर्दाका सुरुवाती दिनहरु निकै कठिनपुर्ण रहेको उनले सुनाईन् । वनको नेतृत्व गर्दैगर्दा उनले राजनितिमा प्रवेश गर्ने मौका पाईन् । “वनको अध्यक्ष हुँदा विशेषगरी राजनितिक व्यत्तिहरुले बढी प्राथमिकतामा राख्ने गरेका थिए उनले भनीन्, एउटा वनको अध्यक्षसंग सयौँ उपभोत्ता जोडीएका हुन्छन्,जस्ले गर्दा नेताहरुलाई चुनावको समयमा सहज हुन्छ,त्यसैले पनी प्राथमिकता दिन्छन् ।” सामुदायिक वनमा जिम्मेवारी सम्हालेका थुप्रै महिला अहिले राजनितिको नेतृत्वदायि भुमीकामा पुगेको चौधरीले बताईन् ।

Siddi ganesh

गोदावरी नगरपालीकाकी पुर्व उप प्रमुख रहेकी रत्ना कडायत २०५८ सालदेखी सामुदायिक वन संरक्षणमा जुटेकी हुन् । सामुदायिक वन संरक्षण सम्बन्धी काम गर्ने एउटा सँस्थामा काम गर्दा उनले धेरै कुरा सिक्ने अवसर पाईन् । गोदावरी नगरपालीका वडा नम्बर ५ की स्थाई बासिन्दा कडायत उप प्रमुखको भुमीका निभाउन सामुदायिक वनको संरक्षण कार्यक्रमले आफुलाई धेरै मदत गरेको बताँउछीन् । वनको संरक्षणमा लागीरहँदा विकास भएको क्षमताले आफुलाई राजनितिमा समेत सफलता मिलेको उनको भनाई छ । अहिले थुप्रै दिदिबहिनीहरुले नेतृत्व विकासको अवसर पाएको उनी बताँउछीन् ।

वन संरक्षणको कार्यक्रममा जुट्नुभन्दा पहिले, सुरुवाती दिनमा म बोल्न समेत कति डराँउथे ति दिदबहिनीहरुले भन्नुहुन्छ ,उनले हाँस्दै भनीन् । वनको नेतृत्वबाटै राजनितिक तथा सामाजिक क्षेत्रमा पहिचान बनाएका महिलाहरु थुप्रै छन् । स्थानीय तह,प्रदेश तथा केन्द्रिय स्तरको राजनितिमा महिला नेतृत्वदायी भुमीकामा पुग्नुमा सामुदायिक वनले महत्वपुर्ण भुमीका निर्वाह गरीरहेको ईलाका वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल बताँउछन् ।

वनको नेतृतव गरेका महिलालाई समाजमा अगुवाको स्थान दिने गरेको पाईने उनकोे भनाई छ । वन ऐन नियमअनुसार बनाईएको सामुदायिक वनको मार्गदर्शनमा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागिता बढाउने नीति छ । यसका लागि सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था वन मार्गदर्शनमा गरिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.