Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रदेशभरि थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

sudur last

पर्वको अवसरमा कैलालीका केही पालिकाहरुले भने दुई दिन सार्वजनिक बिदा दिएका छन् । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ ।

भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.