Attariya Hospital Pvt.Ltd.

आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन

padma
milan sunchadi

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ । सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए ।

समितिले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई वार्तामा बोलाएको छ । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । चिकित्सकहरूले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् ।

यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

 

Nawadurga
Leave A Reply

Your email address will not be published.