Attariya Hospital Pvt.Ltd.

लागुऔषध दुर्व्यसनीहरुको उपचारका लागि आसरा सुधार केन्द्र स्थापना

padma
milan sunchadi

अत्तरिया – कैलालीको धनगढीमा लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यवस्था गर्न आसरा सुधार केन्द्र स्थापना गरिएको छ ।

धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापना गर्न सम्झौता भएको हो । लागु औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणास्तरिय उपचारको व्यबस्था गरी असल र सिर्जनशिल नागरिक बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका १४ स्थित जेष्ठ नागरिक भवनमा सुधार केन्द्र स्थापना गरिएको छ ।

आइतबार उपमहानगर प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Siddi ganesh

उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.