

कंचनपुर – कंचनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा न.पा. ८ मा रहेको गौडी खोलामा डुबेर सोही ठाँउ नौखुरी बस्ने मान बहादुर डगौराकी १३ वर्षीय छोरी सृष्टि डगौराको सोमबार दिउँसो मृत्यु भएको हो ।
उनी सोमबार दिउँसो घर देखि पुर्ब तर्फ रहेको गौडी खोलामा नुहाउन गएकी र घरमा फर्कि नआएकोले खोजतलास गर्ने क्रममा उक्त खोलामा डुबी मृत अबस्थामा फेला परेकी हुन ।
