

कञ्चनपुर – कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिका १ पशुपतीटोलका ३६ वर्षीय गुड्डु भनिने दयाल सिँह बुढाक्षेत्रीलाई मंगलवार दिउँसो सोही नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर जिल्ला अदालतले २०७६ वैशाख २८ गते ८ दिन कैद र १० हजार जरिवाना तोकिई उनी फरार रहेका थिए । उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
