Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको शिशुको उद्धार

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा एक शिशुको उद्धार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र शिशु छोडिएको देखेपछि स्थानीयले आज बिहान उद्धार गरेका हुन् ।

सडक छेउस्थीत उखुबारीमा करिब एक, डेढ वर्ष उमेरको देखिने शिशु दुबै हात दोपट्टाले बाँधिएको अवस्थामा भेटिएको थियो । उनको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.