अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ को भवन निर्माण गर्न सबै राजनीतिक एकै ठाउँ उभिएका छन् । नगरपालिकाले आइतबार भवन निर्माण स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले वडा कार्यालयको भवन बन्नुपर्ने भनाई व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ४ का अध्यक्ष हेमप्रकाश मल्लले सार्वजनिक हितकालागी वडा कार्यालयको भवन निर्माण गर्दा अवरोध सिर्जना भएको बताए ।
उनले जंगल जोगाउने दाईत्व सबैको हुने हुँदा जंगल विनाश गर्ने उदेश्य आफुहरुको नभई वडाबासि सबैको पहुँच पुग्ने ठाँउमा भवन निर्माणको प्रक्रिया थालनि गरिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले वडा कार्यालय सबैको हितकोलागी भएको हुँदा विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले वडा कार्यालय सबै वडाबासिको सहजहुने ठाउँमा निर्माण गर्नुपर्ने भएको हुँदा उपयुुक्त ठाउँमा निर्माण सुरु गरिएको बताए । सबै सरकारी कार्यालय निर्माणकालागी सरकारी जग्गा नै प्रयोग हुने गरेको बताँउदै उक्त कार्यमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताए ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य मेघराज भट्टले वडा कार्यालयको भवन निर्माणको कर्यमा अवरोध गर्नुको कुनै अर्थ नभएको बताए । उनले वडा कार्यालय कसै पार्टी वा व्यक्तिको नभई सरकारी सम्पत्ति भएकोले सबैले सहयोग गर्नुपर्ने बताए ।
गोदावरी नगरपालिका नयाँ नगरपालिका हो उनले भने विकास गर्दै जाँदा थुप्रै संरचनाहरु निर्माण गर्नुपर्ने छ,यि कार्यमा विरोध गरेर कुनै अर्थ छैन । राप्रपाका नेता बिराज विष्टले पनि वडा कार्यालय भवन निर्माण आवस्यक रहेको बताए । एउटा पार्टीको कार्यालय नभई सार्वजनिक हितकोलागी भएकोले निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता बल बहादुर चौधरीले वडा कार्यालय निर्माणकोलागी यस अघि नै सर्वदलीय बैठक बसेर वडा कार्यालय भवनको निर्माण गर्ने सहमति भईसकेको बताए । उनले वडा कार्यालय जनताकै उपयोगकालागी भएकोले सबैको सहमति अनिवार्य भएको बताए ।
त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति बसन्त रोकायाले वडा कार्यालयको भवन निर्माणमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताए । जंगल जोगाउने जिम्मेवारी सबैको भएको बताँउदै उनले एथासिघ्र भवन निर्माणको काम संचालन हुनुपर्ने माग गरे ।
बसन्तपुर महिला सामुदायिक वनकि अध्यक्ष नन्दादेवि कार्कीले सार्वजनिक कामकोलागी भएको हुँदा आफुहरुले सहमति दिएको बताईन । उनले निर्माण स्थलको जमिन पहिलेदेखि नै खाली रहेको हुँदा रुख पनि काट्नु नपरेको बताईन । पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले सरकारी भवन निर्माणमा आफुहरुको कुनै स्वार्थ नभएको बताँउदै विरोध नगर्न सबैलाई आग्रह गरे ।
जनतालाई सहज सेवा दिनकोलागी प्रशासनिक भवन आवस्यक हुने हुँदा अन्य वडाका वडा कार्यालपनि सरकारी जमिनमै निर्माण गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । आर्थिक अवस्था कमजोर छ उनले भने सबै वडाका भवन निर्माणकालागी जमिन किन्न सक्ने पैसा हामीसंग छैन उनले भने त्यसैले सरकारी भवन सरकारी जमिनमै बनाउनुपर्ने उनले बताए ।
उनले कैलालीमा निर्माण हुने भनिएको आइटि कलेज निर्माणकोलागी पनि आफुहरुले वनहरु संगको सहमतिमा गोदावरीमै निर्माण गर्न आग्रह गरेकोले त्यो काममा समस्या उत्पन्न नगर्न समेत सबैलाई आग्रह गरे ।
गोदावरी नगरपालिकाले वडा नम्बर ४ को भवन वन क्षेत्रमा निर्माण गर्न लागेको भन्दै विरोध भएपछि वन कार्यालयले निर्माणको काम रोकेको थियो ।