धनगढीको केजी हस्पिटलमा प्रसूति गराउन आएकी महिलाको पाठेघर झिकियो

Image

धनगढी – कैलालीको धनगढीको केजी हस्पिटलले प्रसूति गराउन आएकी महिलाको पाठेघर झिकेको छ ।

शनिबार शल्यक्रिया गरेर शिशु जन्माएकी धनगढी उपमहानगरपालिका–३ बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको घटना बाहिर आएको हो ।

महिलाका श्रीमान् मोती रहमानले अस्पतालले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकेको गुनासो गरे ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ की रहमानले शनिबार दिउँसो शिशु जन्मिएको भए पनि डाक्टरले ४ घण्टापछि मात्र अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिक्नुपर्ने बताएको जानकारी दिए ।

डाक्टर ३ प्वाइन्ट रगत आवश्यक पर्ने बताएपछि आफूले व्यवस्थापन गरेको उनी बताउँछन् । पाठेघर झिकेपछि आईसीयू वार्डमा राखेर उपचार गरिएको थियो । उनलाई ३ दिनपछि सोमबार मात्र आईसीयू वार्डबाट जनरल वार्डमा सारिएको छ ।